आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०७६ साल भदौ १२ गते । तदनुसार सन् २०१९ अगस्ट २९ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन। वर्षा ऋतु । नेपाल संवत् ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, चतुर्दशी, १८ः४४ उप्रान्त औंसी तिथि बिहीबार ।
मेष
खुशीयाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ।
वृष
खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ।
मिथुन
व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ।
कर्कट
रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ।
सिंह
भाग्यले साथ दिनेछ, ठूला बडाबाट आश्वासन पाइनेछ।
कन्या
परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ।
तुला
यात्रा तय हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ।
वृश्चिक
आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन्।
धनु
बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ।
मकर
घरायसी विवाद हुनेछ, जोश जाँगर हराउनेछ।
कुम्भ
उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ।
मीन
धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ।