समाचार

मलेसियाबाट स्वदेश फर्कनेहरुका लागि दूतावासले सार्वजनिक गर्यो नयाँ उडान तालिका

मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि त्यहाँ रहेको नेपाली दूतावासले नयाँ उडान तालिका तय गरेको छ । नयाँ तालिका अनुसार बुधवारदेखि विभिन्न एयरलाइन्सले ९ वटा उडान भर्ने दूतावासले जानकारी दिएको छ । बुधवार १ जुलाईदेखि १० जुलाईसम्मको नयाँ उडान तालिका सार्वजनिक भएको दूतावासले जनाएको छ । ८ दिनको अवधिमा नेपाली र विदेशी जहाजले ९ उडान भर्ने दूतावासले जनाएको छ ।

२ जुलाईमा नेपाल एअरलाइन्स र मलिण्दो एअरले, ३ जुलाईमा मलिण्दो एअरले, ४ जुलाईमा नेपाल एअरलाइन्सले, ६ जुलाइमा हिमालयनले, ७ मा नेपाल एअरलाइन्सले, ८ मा हिमालय एअरलाइन्सले र जुलाई ९ र १० मा पनि नेपाल एअरलाइन्सले नै उडान भर्ने तालिका दूतावासले सार्वजनिक गरेको छ । हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले १५ सय ९० मलेसियन रिंगिट अर्थात ४५ हजार एक सय रुपैयाँ भाडादर तोकेको छ भने मलिण्दोले केही सस्तो १५ सय मलेसियन रिंगिट भाडा तोकेको छ ।

मलेसियामा कोरोना भाइरसका कारण समस्यामा परेका कामदारले आफनो विवरण टिपाउन दूतावास आग्रह समेत गरेको छ । स्वदेश फर्कनेको साथमा चेकआउट मेमो या बिदामा फर्कने हो भने बिदाको कागज साथमा अनिवार्य रुपमा हुन पर्नेछ । सरकारले तोकेको मापदण्ड अनुसार नेपाल आइपुग्ने दिनले सात दिनभित्र कोरोना जाँच गर्नुपर्ने व्यवस्था छ । तालिका हेर्नुहोस्

Related Articles

Back to top button
Close