समाचार

आ*त्महत्या गर्नुअघि शालिकराम पुडासैनीको एक दिनः पुजा भन्ने प्रमिला शर्मा भुसाललाई कल गरेका थिए

काठमाडौं । चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा साउन २० गते बेलुका ८ बजे मृ*त भेटिएका माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीले सो दिन के–के गरे भन्ने सबैका लागि कौ*तुहलताको विषय हो । प्रहरी अ*नुसन्धानका आधारमा मृ*तक पुडासैनीको त्यो दिनको गतिविधिलाई फे*ला परेका तथ्य अनुसार यहाँ चित्रण गरिएको छ । मृ*तक पुडासैनीको मोबाइलको लोकेसनअनुसार उनी त्यसदिन बिहान ८ः०० बजेदेखि ८ः१५ सम्म गोगंबु बसन्तनगर क्षेत्रमा थिए। त्यसपछि उनको मोबाइल लोकेसनको आधारमा उनी बिहान ९ः४५ बजे कलंकी पुगेको देखिन्छ।

यस्तै १ बजेर ३ मिनेटको समयमा उनको मोबाइलको लोकेसनमा उनी मलेखु रहेको देखाएको छ। चितवन पुगेपछि अन्दाजी ३ बजेर १० मिनेटमा उनी लमजुङ होटलमा कोठा खोज्नका लागि पुगेका थिए। यसको पुष्टि होटल संचालक आफैंले गरेका छन्। त्यहाँको कोठामा सिलिङ फ्यान नभएकै कारण उनी ३ बजेर १५ मिनेट जाँदा कंगारु होटलमा गएर कोठा लिएका थिए। त्यसपछि उनले श्रेष्ठ ब्रदर्सको पसलबाट डोरी किनेको पसलमा रहेको सीसीटिभी फुटेजमा कै*द भएको छ। उनी त्यहाँ ३ बजेर ३२ मिनेटमा पुगेको र ८ मिनेट रहेको देखिएको छ। डोरी लिएर होटल कंगारुको कोठा नम्बर २०२ फर्किएका पुडासैनीले ३ बजेर ५४ मिनेट ४१ सेकेण्ड जाँदा ४ मिनेट ५८ सेकेण्डको पहिलो भिडियो रेकर्ड गरेको देखिन्छ।

त्यसपछि सोही कोठामा ४ बजेर १ मिनेट १७ सेकेण्ड जाँदा उनले दोस्रोपटक भिडियो सु*ट गरेका थिए। उक्त भिडियो ८ मिनेट २७ सेकेन्ड लामो रहेको छ। त्यस लगत्तै उनको मोबाइलमा ४ बजेर २२ मिनेटको समयमा श्रीमती सम्झना घिमिरे पुडासैनीले फोन गरेकी थिइन्। सम्झनाले फोन गरेसँगै उनको मोबाइलमा १६ बजेर ३६ मिनेट जाँदा जीपीआरएस ९इन्टरनेट० सेवा सूचारु भएको देखिन्छ। मृ*तक पुडासैनीले सो दिन १६ बजेर ३८ मिनेटमा पुजा भन्ने प्रमिला शर्मा भुसाललाई कल गरेका थिए। त्यसपछि कुनै पनि गतिविधि भएको प्रहरी अ*नुसन्धानमा देखिँदैन। कान्तिपुर दैनिक

Related Articles

Back to top button
Close