अन्तर्राष्ट्रिय समाचार

भारतमा ‘टिकटक’ र ‘पब्जी’सहित ५९ चिनियाँ एप्समा प्रतिबन्ध

एजेन्सी / भारतमा पब्जी र टिक टक प्रतिबन्ध लगाइएको छ । चिनिया एप्स प्रतिबन्ध लगाउने निर्णयसँगै सामाजिक एप्समा रोक लगाइएको हो । यी संगै वी मिट,वेब च्याट लगायत ५९ एप्समाथि प्रतिबन्ध लगाईएको छ ।

चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्याएको भन्दै प्रयोगमा रोक लगाएको हो ।भारतमा बाईकट चाईना अभियान जारी रहेको छ ।

भारत चीन सीमा विवादका कारण भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएसंगै भारतमा चीनियाँ सामानमाथि प्रतिबन्ध लगाउनु आवाज चर्को रुपमा उठिरहेको छ ।

हाल भारतमा टिकटकका २२ करोड र पब्जीका ५ करोड सक्रिय प्रयोगकर्ता रहेको बताईएको छ ।

Related Articles

Back to top button
Close