भिडियोसमाचार

रीमासंगको विवाहको सिनमा लाज लाग्यो : भुवन केसी

काठमाडौं। अभिनेता भुवन केसी र अभिनेत्री रीमा विश्वकर्माको जोडी पर्दामा देखिँदैछ। चलचित्र ‘मिष्टर नेपाली’मा यी दुईले जोडी बाँधेका छन्। चलचित्रमा यी दुईको विवाहको दृश्य पनि समावेश गरिएको छ।

बुधबार दुईको विवाहको दृश्य समेटिएको ‘नाचौं न छम्म छम्म’बोलको गीत सार्वजनिक गरियो। सो कार्यक्रममा भुवनलाई सोधियो, –पर्दामा रीमासंग विवाह गर्दाको अनुभव कस्तो रह्यो? भुवनले त्यो सिन छायांकनमा आफूलाई केही लाज लागेको प्रतिक्रिया दिए।

‘बिहे गर्ने उमेर त गईसक्यो अलि नसुहाउलाकी भनेर डाईरेक्टरलाई भनेको थिए। उहाँले तपाईलाई सुहाउँछ भन्नुभयो’ गीत सार्बजनिक कार्यक्रममा बोल्दै भुवनले भने–‘तर, मलाई रीमासंग विवाहको जग्गेमा बस्दा कताकता लाज लागिरहेको थियो।’ यद्यपी हरेक क्यारेक्टरलाई न्याय गर्नु एउटा कलाकारको मुख्य दायित्व भएको भुवनले बताए।

चलचित्रमा भुवनले तीनवटा फरक–फरक भूमिका निर्वाह गरेका छन्। जसले पनि चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने अनुमान गरिएको छ।

देवचुली फिल्मस्को ब्यानरमा बनेको चलचित्रलाई देव नारायण भुषालको लेखन तथा निर्देशन गरेका हुन्। चलचित्रमा प्रेमराज दाहालको लगानी छ।

साहिल श्रेष्ठ र कुशुम राउत यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यू गर्दैछन्।

सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणी नेपाल, सुरेन्द्र केसी, रवी डंगोल, राजेन्द्र गिरी, अर्जुन खत्री, लक्ष्मी तिमिल्सिना लगायतको पनि चलचित्रमा अभिनय रहेको छ।

आउँदो कात्र्तिक २९ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्रले राष्ट्रियताको कथा बोल्छ।

हेर्नुहोस् चलचित्रको सार्वजनिक ‘नाचौं न छम्म छम्म’बोलको गीत :

Related Articles

Back to top button
Close