अन्तर्राष्ट्रिय समाचार

भारतमा बन्यो विश्वकै ठूलो कोरोनाभाइरस अस्पताल

काठमाडौं। भारतले कोरोना भाइरसविरुद्ध लड्न संसारकै सबैभन्दा ठूलो अस्पताल खोलेको छ। भारतीय स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो समय भारतमा नयाँ संक्रमणको संख्या ति’ब्ररुपमा बढेको छ।

दिल्ली सरकारका अनुसार सरदार पटेल कोभिड केयर केन्द्र भारतमा मात्रै नभएर यस प्रकारको अस्पताल संसारकै सबैभन्दा ठूलो सुविधा सम्पन्न अस्पताल रहेको दिल्लीका मुख्यमन्त्रि अरविन्द केजरीवालले आफ्नो सामाजिक संजाल ट्वीटरमा सार्वजनिक गरेका छन्।

उक्त अस्पताल आइतवार आंशिक रूपमा सञ्चालनमा आएको थियो जहाँ दुई हजार अस्पातलको बेडलाई प्रयोग गरिएको थियो। अस्पतालमा १० हजार बेड रहेको दिल्ली सरकारले बताएको छ। बाँकी आठ हजार बेड दिल्लीको छत्तरपुर क्षेत्रमा अवस्थित रहेको र बुधवारदेखि प्रयोगमा आउने सरकारले जनाएको छ।

अस्पतालको औपचारिक प्रक्षेपण अघि भारतका गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालले भ्रमण गरेका थिए।

Related Articles

Back to top button
Close