अन्तर्राष्ट्रिय समाचार

भारतमा बढ्दो छ कोरोना कहर : एकैदिन ६ सय भन्दा बढिको मृत्यु, मृतकको संख्या १६ हजार नाघ्यो

काठमाडौं, असार १४- भारतमा कोरोनाबाट दिनहुँ मानिसको ज्यान गएको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकै दिन ६ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ । भने २० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल संख्या शनिबार पाँच लाखभन्दा बढी भएको छ ।

भारतमा दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या पाँच लाखभन्दा बढी पुगेको हो । र पछिल्लो २४ घण्टामा मात्रै १८ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।

भारतमा शनिबार बिहान सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिनमा १८ लाख ५५२ जना संक्रमितमध्ये अहिलेसम्म तीन लाख १० हजार एक सय ४६ जना उपचारपछि निको भएका छन्।

सङ्क्रमित भएका हुन् ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म मृत्यु भएकाहरुको कुल १६ हजार तीन सय आठ पुगेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दुई लाख तीन हजार तीन सय २८ जना उपचार को क्रममा छन्।

Related Articles

Back to top button
Close