अन्तर्राष्ट्रिय समाचार

भारतका लागि कोरोना भाइरस निक्कै सकसपूर्ण हुने, संक्रमित संख्या ५ लाख नाघ्यो

काठमाडौ । विश्वका सर्वाधिक कोरोना संक्रमित पाँच देशहरुको सुचिमा भारत चौथो स्थानमा रहेको छ । भारतमा अहिले ५ लाख ८ हजार भन्दा धेरै संक्रमित रहेका छन् । पाँचौ नम्बरमा बेलायत रहेको छ । जहाँ ३ लाख १० हजार भन्दा धेरै संक्रमित रहेका छन् । तेस्रो स्थानमा रुस छ । रुसमा अहिलको ताजा जानकारी अनुसार ६ लाख १९ हजार भन्दा धेरै संक्रमित रहेका छन् ।

देस्रो स्थानमा १२ लाख ७४ हजार भन्दा धेरै संख्याका साथ ब्राजील रहेको छ । पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामा अहिले २४ लाख ६७ हजार भन्दा धेरै संक्रमित रहेका छन् । विश्वको कुरा गर्ने हो भने संक्रमित संख्या १ करोड आसपास पुगेको छ । अहिलेको ताजा जानकारी अनुसार ९८ लाख भन्दा धेरै संक्रमित छन् । अहिलेसम्म विश्वभर ५३ लाख भन्दा धेरै निको पनि भैसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ५ लाख नजिक अर्थात ४ लाख ९७ हजार पार गरेको छ । विश्वमा अहिले कोरोनाका ४० लाख भन्दा धेरै बिरामी सक्रिय रहेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close