समाचार

पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमणमुक्त, निको हुने २६९८ पुगे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना भाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २६९८ पुगेको छ । शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ८ जना महिला र पुरुष ४० रहेका छन् ।

नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७५५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार ७५५ पुगेको जानकारी दिएका हुन् ।

नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

Related Articles

Back to top button
Close