Friday, February 28

मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा

January 7, 2020 446

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ–ढोर बाराही। चौबीसे राज्यमा पर्ने ढोर राज्यकी देवी भएकाले ढोर बाराही भनिएको। मन्दिर शुक्ला गण्डकी नगरपालिका–९ मा पर्दछ।ढोर बाराहीको भाकल गरेमा मनले चि’ताएको पूरा हुने जनविश्वास छ।

उनलाई सम्झेर कोही सन्तान माग्छन् त कोही कोही धनसम्पत्ति अनि कोही सुस्वास्थ्यको कामना गर्छन्। आफ्नो मनोकांक्षा पूरा भएपछि उनीहरू पाठा वा पाठी ल्याएर मन्दिरमा ब’लि चढाउँछन्। पुजारी चिरञ्जीवी लम्सालका अनुसार विशेषतः स्याङ्जा, कास्की र तनहुँका ति’र्थालु आउँछन्। मन्दिरसँगै स्या’नो पोखरी छ। पोखरीमा माछा छन्। त्यही पोखरीमा रहेको शिलढुंगामा ब’लि दिइन्छ।

अ’नौठो कुरा के छ भने पोखरीमा बेलाबेलामा पानी घ’टबढ भैरहन्छ। पानी ब’ढ्नुलाई लहरी च’ल्नु भनिन्छ। लहरी चल्ने बेला माछाले सं’केत पाउँछन्। उनीहरू पानीको मुखतिर थु’प्रिन्छन्। आधा वा एक घन्टाको फरकमा ल’हरी चल्छ। अनि एकछिनमा पानी क’म भैहाल्छ।लम्साल थरका बाहुन मन्दिरका पुजारी। उनीहरू भक्तजनले च’ढाएको भे’टीबाट गु’जारा चलाउँछन्।

मन्दिर कति पुरानो हो भन्ने एकिन छैन। दुई दशक अघिसम्म ढुंगा र माटोले बनेको मन्दिरमा खरले छाइएको हुन्थ्यो। पचासको दशकमा ढलान गरेर तामाको छाना राखियो। ढोर बाराही मन्दिर सं’रक्षण स’मितिका अध्यक्ष एवं वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार मन्दिरमा नेपाल संवत ९६७ लेखिएको घन्टा सु’रक्षित छ।

अरू प्राचीन घन्ट पनि छन्। मन्दिर क्षेत्रमा फूलप्रसादी र खाना बेच्ने पसल थुप्रै छन्। दुलेगौंडा बजारबाट पश्चिम ५ किमि दूरीमा ढोर बराही मन्दिर छ। दुलेगौंडाबाट रि’र्जभ्ड जिपमा मन्दिर पुग्न सकिन्छ।

यो पनि पढ्नुस

आज बालाचतुर्दशी । दिवङ्गत पितृका नाममा विहान सबेरै शतबीज छरेर मनाइँदैछ । गएराति दीपदान गरिएको छ । दीपदान गर्न लाखौँ भक्तजनहरु आइतबार पशुपतिनाथ पुगेका थिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । आइतबार दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको पशुपतिमा भीड लाग्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन् ।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उनले भने ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरिरहेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।

यस वर्ष पशुपति क्षेत्रमा दीपदान एवं शतबीज छर्न आएका भक्तजनबाट शुल्क नलिन पशुपति क्षेत्र विकास कोषले आह्वान गरेको छ । कोषको अनुरोध विपरीत शुल्क उठाउने संस्था वा व्यक्तिलाई कारवाही गरिने सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

मातापिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नुनहुने समितिका अध्यक्ष गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्