Monday, April 6

भारतको होटलमा मृ त फेला परेका वडाध्यक्षको श व नेपाल ल्याइदै

January 16, 2020 303

काठमाठौ, २ माघ । भारतको बहराइचस्थित एक होटलमा मृ ता व स्थामा भेटिएका कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको श व नेपाल ल्याउने तयारी गरिएको छ ।
खड्काको श व ल्याउन नेपाली प्रतिनिधि टोली बहराइच पुगेको छ । भारतीय प्रहरीको सहयोगमा खड्काको श व नेपाल ल्याउने तयारी भइरहेको कोहलपुर नगरपालिकाका प्रेस संयोजक भीम रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बुधबार नै खड्काको श व नेपाल ल्याउने बताइए पनि श व परीक्षणका लागि समय लागेकाले आज श व नेपाल ल्याउने तयारी भइरहेको छ ।

वडाध्यक्ष खड्काको श व बुधबार बिहान बहराइचस्थित एक होटलमा फेला परेको थियो । खड्काको मृ त्युको कारण अझै खुल्न सकेको छैन ।

मङ्गलबार सुर्खेतको मेहलकुना जाने भनि घरबाट हिड्नुभएका वडाध्यक्ष खड्का भारतमा मृ तव स्थामा भेटिनुभएको हो । घटनाबारे नेपाल प्रहरीले पनि आवश्यक अनुसन्धान गरिरहेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

Loading...

प्रतिकृया दिनुहोस्