समाचार

रवि लामिछानेको रिहाइपछी नायक प्रदिप खड्काको यस्तो स्टाटस

सिधा कुरा जनता सँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने रिहा भएपछि एकै पटक धेरै जनताको मुहारमा खुसी छाएको छ । लोकप्रिय सञ्चाकर्मी रवि लामिछाने सोमबार धरौटीमा छुटेका छन् । यस्तै रवि लामिछानेको रिहाइमा खुसै व्यक्त गर्दै अभिनेता प्रदीप खड्काले पनि सामाजिक सञ्जाल फेसबुकमा फेरी पनि सत्यको जित भएको भन्दै एक स्टाटस लेखेका छन् । उनले धेरै पछि नेपाली जनता र आफ्नो मुहारमा खुसी छाएको बताएका छन् । प्रदीपले आफू सधैँ रविको साथमा रहेको र सकेको सहयोग पनि गर्ने बताएका छन् ।

प्रदिपको स्टाटस जस्ताको तस्तै–र, फेरि सत्यको जित भएकोछ.. धेरै दिन पछि मुहारमा हासो छाएको छ यो खुसिको खबर हरेक नेपाली माझ पुग्न आबस्वयक छ ।“एउटा सर्व साधारण मान्छेले बिना स्वार्थ बिना राजनिति सपोर्ट यतिधेरै जनता हरु को मन जित्नु भनेको चानचुने कुरा पक्कै होइन । तपाईंले दिरात नभनी नेपालिहरुको लागि हरेक क्षेत्रमा गएर सहयोग गर्नु भएको छ..! दुखीको मुहारमा हासो ल्याउनु भएकोछ..!! जिन्दगीको यात्रामा धेरै बधा अडचन आउछ्न, भने झै हजुरको जिन्दगीमा यो घटनाले धेरै असर पुर्याएको छ , समय सधै एउटै हुदैन भने झै , आगामी दिनमा अझ तपाईं प्रती सम्मान अनि आदर रहेकोछ , यसरी नै नेपाली जन्ताको मुहारमा हासो अनि खुसी ल्याउदै गर्नुहोला..! हामी सबैले आ-आफ्नो ठाउबाट सकेको सहयोग गर्नेछौं” ।

Related Articles

Back to top button