समाचार

ग्राण्डीसिटी अस्पतालमा आगलागी

काठमाडौ । काठमाडौ महानगरपालिका-२६ कान्तिपथस्थित ग्राण्डीसिटी अस्पतालको दोस्रो तल्लामा रहेको अफिस कोठामा ब्याट्री सर्ट भई मंगलबार साँझ आगलागी हुँदा १२ एम्पियरको ब्याट्री ८ थान, युपिएस २ थान जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता काठमाडौं महानगरपालिका-६ सरस्वती नगर डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-२ घर भएका राजन केसीको कोठाबाट नगद २ लाख रुपैयाँ र सुनको विभिन्न गरगहना समेत गरी करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close