मनोरंजन

आज चर्चित गायिका अन्जु पन्तको जन्मदिन

काठमाडौ, असार ११- आज लोकप्रिय गायिका अन्जु पन्तको आज जन्मदिन परेको छ । आज अर्थात असार ११ गते बिहिबार उनको जन्नमदिन परेको हो ।

उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । न बिर्सें तिमीलाई, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा जस्ता चर्चित गीत गायकी उनले हालसम्म १८ वटा नेपाली चलचित्रमा स्वर दिएकी छिन् ।

आमा मनु योञ्जनको कोखमा जन्म लिएकी उनी सबैभन्दा बढी गीत गाउने र सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकाको सुचिमा पहिलो नम्बरमा परेकी छिन् । आजबाट ४३ बर्षमा प्रबेस गरेकी पन्तले आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् ।

Related Articles

Back to top button
Close