Thursday, February 27

विप्लव थप सशक्त भएर आउँदै, अमेरिकी दूतावास देखि राष्ट्रसंघ कार्यालयमा ज्ञापनपत्र बुझाउने

January 16, 2020 211

काठमाडौं । लामो समय देखि प्रतिवन्धको मार खेप्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतत्वको नेकपाले शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपाले माघ महिनाभर गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । आज सार्वजनिक कार्यतालिका अनुसार सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि देशभर अन्तरक्रियासम्म राखिएको छ ।

विप्लव नेकपाले अमेरिकी दूतावास र राष्ट्रसंघ कार्यालयमा ज्ञापनपत्र बुझाउने पनि जानकारी दिएको छ । जानकारी अनुसार माघ ५ गते सरकारलाई ज्ञानपनपत्र दिने कार्यक्रम रहेको छ भने माघ १० गते अमेरिकी दूतावासलाई ज्ञापनपनपत्र कार्यक्रम रहेको छ । माघ १२ गते संयुक्त राष्ट्रसङ्घको कार्यालयमा ज्ञापनपनपत्र दिने बताइएको छ ।

यो सँगै देशव्यापी जनसङ्घर्षका कार्यक्रम अन्तर्गत माघ १० गते बन्दीको रिहाइका निम्ति तस्बिरसहित प्रदर्शन गर्ने जानकारी दिइएको छ । माघ १६ गते सहिद दिवस मनाउने, १८ गते महँगीविरुद्ध प्रदर्शन गर्ने बताएको विप्लव समूहले माघ २० गते खुला सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । र माघ २५ गते भने देशव्यापी अन्तरक्रिया गर्ने भएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्