मनोरंजन

चलचित्र ‘छक्का पन्जा ३’ र ‘छ माया छपक्कै’ आजबाट मोबाइलमै हेर्न सकिने

काठमाडों १० असार / हास्यकलाकार तथा अभिनेता दीपक राज गिरीको चलचित्र छक्का पन्जा ३ र छ माया छपक्कै अब एपमार्फत हेर्न पाइने भएको छ । यी दुबै चलचित्र बुधबार (आज ) सार्वजनिक हुने भएको छ ।

अभिनेता तथा दीपक राज गिरीका अनुसार स्वदेश तथा विदेशका दर्शकको गुनासोलाइ ध्यानमा राख्दै टिभी एप मार्फत दुई चलचित्र सार्वजनिक गरिने जनाइएको छ ।

नयाँ एप ‘चलचित्र टिभी एप’ भोलिबाटै सञ्चालनमा ल्याइने जनाइएको छ । यस एप मार्फत भोलिबाट नै दुई चलचित्र हेर्न सकिनेछ । यसबाट तोकिएको रकम तिरेर चलचित्र हेर्न पाइनेछ ।

२०७५ साल दशैैैैको फूूलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्रले नयाँ रेकर्ड राख्न सफल भएको थियो भने चलचित्र ‘छ माया छपक्कै’ गतबर्ष दशैमा प्रदर्शनमा आएको हो । छ माया छपक्कैले पनि दर्शक स्रोताको मन जित्न सफल भएको थियो ।

यस दुई चलचित्रलाई नायिका ऋचा शर्माले किनेर एप मार्फत सार्वजनिक गर्न लागेका हुन् ।

 

Related Articles

Back to top button
Close