समाचार

रवि लामिछानेकी पूर्वपत्नी इशा नेपाल आउँदै

काठमाडौँ । हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन्।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने बताइएको हो।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन्। नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ। यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन्।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए।

रवि र इशाका दुई छोरी पनि छन्। छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन्। केही समयअगाडी अमेरिकामा रहेको घरको लिलामीको सूचना प्रकाशित भएको थियो । सूचना अनुसार २ महिनाभित्रमा घरको किस्ता नतिरे घर लिलामि गरिनेछ ।

Related Articles

Back to top button
Close