Friday, February 28

ह’ति’या’रसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीलाई यसरी लियो नेपाल प्रहरीले निय’न्त्र’णमा (भिडियो हेर्नुस्)

January 16, 2020 265

काठमाडौं, २ माघ । ह ति यार सहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले निय न्त्रण मा लिएर भारत फर्काएको छ । बुधबार भारतीय प्रहरी ह ति यार सहित नेपालगन्ज नाकाहुँदै कैलालाी सम्म पुगेका थिए ।

बाँके, बर्दिया पार गरेर तेस्रो जिल्ला कैलालाी प्रवेश गर्दा सम्म प्रहरीले थाहा पाएन । स्थानियले भारतीय प्रहरी ह ति या र सहित आएको देखेपछि भने प्रहरीलाई खबर गरेका थिस् । मनेपाली भूमिमा प्रवेश गरी ३ जिल्ला पार गरेपछि मात्र कैलाली प्रहरीले उनीहरुलाई प क्राउ गर्‍यो । कैलालीको चिसापानीमा भारतीय गाडीमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले निय न्त्रण मा लिएको हो । नेपाल प्रहरीले निय न्त्र णमा लिएको भिडियो पनि सार्वजनिक भएको छ ।

ह ति या रसहित नेपाल प्रवेश गरी बाँकेको नेपालगञ्जबाट सय किलोमिटर टाढा कैलालीको चिसापानी पुगे पछि कैलाली प्रहरीले उनीहरुलाई नि यन्त्र णमा लिएको थियो ।
तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले भने उनीहरुलाई नि य न्त्रण मा लिएको नभई सम्झाई बुझाई गरेर भारत नै फिर्ता पठाएको बताएका छन् । ती प्रहरीहरु उत्तर प्रदेशको बहराइच जिल्लाका प्रहरीहरु थिए । उनीहरु नेपालगञ्जको सिमानामा आएपछि केही समय नेपाल घुमौँ भनी नेपाली भूमि प्रवेश गरेको र चिसापानी स्थित कर्णाली पुल हेर्न पुगेको बताएका छन् ।

कैलालीको चिसापानीमा रहेको कर्णाली पुल हेरेर उनीहरु सिद्धार्थ कटेजमा खाजा खान लाग्दा नेपाल प्रहरी पुगेको थियो । कानुनतः ह ति या रसहित अर्को देशमा प्रवेश गर्न पाइँदैन । यता बाँके प्रहरीले भने उनीहरुसंग ह ति या र नभएको दावी गरेको छ । बाँके प्रहरीका अनुसार १० जनाको सङ्ख्यामा आएका भारतीय प्रहरीहरुलाई पहिले नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म मात्रै जाने अनुमति दिइएको थियो ।

उनीहरु सुरुमा बागेश्वरी मन्दिर पुगेर दर्शन गरेका थिए । त्यसपछि उनीहरु बाँके प्रहरीलाई खबर नै नगरी कैलालीको चिसापानीमा रहेको कर्णाली पुल पुगेको जनाएको छ । तर उनीहरुसंग ह ति या र थियो भन्ने कुरा भने गलत भएको बाँके प्रहरीको भनाई छ । तर पनि उनीहरु बाँकेको नेपालगन्जको नाका हुँदै तिन जिल्ला पार गरेर भारतीय सुरक्षाकर्मीको बर्दीमै किन कैलाली पुगे भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।

Loading...

प्रतिकृया दिनुहोस्