समाचार

जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना,एककाे मृत्यु

सुर्खेत । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नंकाे बस सुर्खेतको सिमानामा पर्ने हर्रेमा दुर्घटना भएकाे छ । दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन भने घाइते २५ जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएकाे छ ।

घटनाबारे थप विवरण आउन बाँकि छ ।

Related Articles

Back to top button
Close