समाचार

चितवनबाट रबि लामिछानेको सम्बोधन , धेरैको आशिर्वाद पाएको शिर कसैका सामु झुकाउने छैन….भिडियो

चितवन– टेलिभिजन प्रस्तोता रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्र*ष्टाचार, बे*थिति र विसंगतीवि*रद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए ।उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताए । आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताए ।

‘मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ति मुद्दामार्फत जनताको आवाज बु*लंद पार्नुेछ’, लामिछानेले भने । उनले जनताको अपार माया पाएको आफूलाई सुरक्षा चु*नौती छ भन्ने महसुस नभएको बताए ।‘ धेरै ले मलाई सुरक्षा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, मसँग जनताको माया छ, यो मायाले मलाई मा*र्छु भनेर आउनेहरु बाटोमै दु*र्घटनामा पर्नेछन्’ रविले भने ।उनले भ्रष्टाचारी र जनताका केही शोषकहरु वि*षालु सर्प बनेर आफ्नाविरुद्ध लागिरहेको बताए ।

‘वि*षालु सर्पलाई प्र*हार गर्ने थुप्रै विकल्प हामीसँग छन् तर सर्पसँग ठु*ग्ने बाहेक अर्को विकल्प हुँदैन, त्यस्ता धेरै सर्पहरु देशमा छन् अझै बलियो भएर हाम्रो टिम आउँदैछ’, रविले भने ‘ भ्र*ष्टाचार वि*रोधी सामग्री प्रसारण भयो भने भनेर ति स*र्पहरुले झर्को नमान्नु होला ।’ भिडियो

Related Articles

Back to top button
Close