समाचार

नेपालमा आज एकैदिन २१६ जना कोरोनालाई जितेर घर फर्किए

काठमाण्डौ, स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर २१६ जना डिस्चार्ज भएका छन ।देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमित डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै प्रबक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४२६ जनालाई कोरोना पुष्टि भएको छ । गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन्।

प्रवक्ता गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै हेटौंडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ। यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जना जनामा कोरोना पोजेटिभ देखिएको छ।

Related Articles

Back to top button
Close