समाचार

समर्थकहरुलाई रविको उद्घोष– ‘सीधाकुरा जनतासँग’ले आवाज विहीनहरुको आवाजलाई प्रस्तुत गरिरहनेछ

काठमाडौं । धरौटीमा रिहा भइसकेपछि सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले आफ्नो समर्थकहरुलाई सम्बोधन गरेका छन् । सोमबार मात्रै सञ्चारकर्मीद्वय लामिछाने पाँच लाख र कँडेल तीन लाख धरौटीमा रिहा भएपछि मंगलरबाका दिन उनीहरुले चितवनबाटै भव्य कार्यक्रमकाबीच आफ्नो समर्थकहरुलाई धन्याबाद दिदै सम्बोधन गरेका हुन् ।

सञ्चारकर्मी लामिछाने र कँडेलले ७७ वटै जिल्लाबाट चितवन आएर आफूहरुको न्यायका लागि लाडेको भन्दै सलाम गरेका छन् । सञ्चारकर्मी लामिछानेले ‘सीधाकुरा जनतासंग’ कार्यक्रमले मुलुकको कुना–काप्चामा पुगेर सबै समस्याहरुलाई बाहिर ल्याउन नसकेको भएता पनि आगामी दिनहरुमा प्रत्येकको घर–घरमा पुग्ने बताएका छन् ।

साथै ‘सीधाकुरा जनतासँग’कार्यक्रमले आवाज विहीनहरुको आवाजलाई प्रस्तुत गरिरहने प्रतिबद्धा पनि जनाएका छन् । अहिलेसम्म यस कार्यक्रमको ६ वटा एपिसोड प्रसारण गर्न छुटिसकेको भएता पनि आगामी शनिबारबाट पुनः प्रसारण गर्ने जानकारी समेत गराएका छन् ।

कार्यक्रममा हजारौंको संख्यामा उपस्थित समर्थकहरुलाई फोहोर नगरिदिन अनुरोध गर्दै सञ्चारकर्मी लाछिानेले भने– ‘कृपय फोहोर नगरिदिनुहोला । फोहोर भएता पनि सफा गरिदिनुहोला । फोहोरको व्यवस्थापन हामी आफै गरौं ।’

अन्त्यमा उनले आफ्नो न्यायको लागि विदेशबाट समेत आवाज उठाएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई समेत सोही मञ्चबाट धन्यबाद दिएका छन् । हजारौंको संख्यामा उपस्थित समर्थकहरुले ‘हाम्रो रवि हाम्रो देश, प्राण भन्दा प्यारो छ, रवि दाई हाई हाई’ लगाएतका नारा लगाएका थिए ।

गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्था फेला परेका पुडासैनीले आफ्नो आत्महत्यामा सञ्चारकर्मीद्वय लामिछानेसहित कँडेल र नर्स अस्मिता कार्कीलाई दोषी देखाएका थिए ।

प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसँगको बयानपछि सोमबार गरिएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका प्रस्तोता लामिछानेलाई ५ लाख र कँडेललाई तीन लाख धरौटीमा छाड्ने निर्णय गरेको हो ।

साथै यसै प्रकरणमा मुछिएकी अस्मिता कार्की (रुकु)लाई भने साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो ।

Related Articles

Back to top button
Close