समाचार

हजारौ समर्थक बिचमा रबिको सम्बोधन !

चितवन– टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन्। नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन्।ठूलो संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ। लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन्।

पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले रवि लामिछानेसहित तीनजनालाई पक्राउ गरेको थियो ।आ*त्महत्या दु*रुत्सानको मुद्दा चलाइएका रवि लामिछानेलाई सोमबार जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भए पनि रविसहित तीनैजनाले थप कानुनी प्रक्रियाको सामना गर्नुपर्नेछ ।

Related Articles

Back to top button
Close