समाचार

अभिनेत्री करिनाले सुशान्त सिंहको तस्विर शेयर गर्दै भनिन् राम्रो मान्छे छिट्टै भगवानको प्यारो भए

एजेन्सी -बलिउड अभिनेत्री करिना कपुरले हालै इन्स्टाग्राममा चर्चित अभिनेता सुशान्त सिंह राजपुतको तस्विर शेयर गर्दे स्टाटस लेखेकी छिन् । सुशान्त सिंह राजपुतले आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा ज्यान फालेका थिए । उनको मृत्युपछि थुप्रै मंहगा कार र मोटर साइकल लगायत चन्द्रमामा पनि आफ्नै जग्गा रहेको रहस्य खुल्दै आएका छन् ।

दर्जनौ चलचित्रमा अभिनय गेरेर सबैको प्यारो बनेका सुशान्तको मृत्यु रहस्यमय बन्दै गएको छ । उनको निधन भएको एक दिनको फरकमा उनकी भाउजुले पनि आत्महत्या गरिन ।

उनको निधनको खबरले बलिउड निकै शोकमा डुबेको छ । बलिउडमा एक पछि अर्को कलाकारको निधन हुदै गएको छ । उनले निधनको खबरले अभिनेत्री करिनाले भावुक हुदै राम्रो मान्छे छिट्टै भगवानको प्यारो भए भन्दै स्टाटमा ब्यक्त गरेकी छिन् । जुन स्टासले यतिबेला चौतर्फि चर्चा पाएको छ ।

Related Articles

Back to top button
Close