समाचार

२५ जनासँगै क्वा’रेन्टाइनमा बसेका को’रोना सं’क्र’मितले गरे दे’हत्याग, सेनाले यसरी गर्यो ला’श व्यवस्थापन

काठमाडौं । एक को’रोना सं’क्रमितले देहत्याग गरेको खुल्न आएको छ । अर्घाखाँचीको शि’तगंगा नगरपालिकाको क्वारेन्टिनमा देहत्याग गरेका ४४ वर्षका पुरुषमा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

आरडीटी रिपोर्ट पोजेटिभ आएका शितगंगा–५ का देबबहादुर विकले मंगलबार राति देहत्याग गरेका थिए । विकको जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरेर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

त्यसको ११ दिनपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर रिपोर्ट नआउन्जेल बुधबार दिनभर उनको लाश रु’खमै झु’ण्डिएकै अवस्थामा थियो । उनी भारतको प’ञ्जाबबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वा’रेन्टिनमा २५ जना रहेका छन् ।

जानकारी अनुसार पीसीआर रिपोर्ट आएपछि साँझ ५ बजेतिर नेपाली सेनाले विकको लाश वडा नम्बर ५ कै जंगलमा लगेर व्यवस्थापन गरेको छ । यसअघि सु’र्खेतको क्वा’रेन्टिनमा देशत्याग गरेकी एक महि’लामा पनि को’रोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close