अन्तर्राष्ट्रिय समाचार

बल्ल बोल्यो चीन, चीनको जवाफ सुनेर तर्सियो भारत

काठमाडौँ : लद्दाखको गालवन उपत्यकामा भारत र चीनको सेनाको बीचमा भएको झ’डप भारतीय सेनाकै कारण भएको चीनको सरकारी मिडियाले दा’बी गरेको छ ।

भारतको सीमामा लगातार तनावको कारण भारतीय सेनाको घ’मन्ड र दुस्साहस भएको जिकिर सरकारी मुखपत्र ग्लोबल टाइम्सले गरेको छ ।

चीन लामो यु’द्धका लागि पूर्णरुपमा तयार रहेको र आफूसँग अनुकूल परिस्थिति रहेको समेत चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि सै’न्य ट’कराव दुवै देशको हितमा नभएको समेत उल्लेख गरिएको छ ।

आफ्नो सम्पादकीयमा ग्लोबल टाइम्सले सीमा नजिक भारतीय सेनाले भौतिक निर्माण गरिरहेको र आफ्नो क्षेत्रमा समेत निर्माण कार्य गरेको आ’रोप लगाइएको छ । यही कारणले सो क्षेत्रमा त’नाव भइरहेको उसको दाबी छ । किनभने चिनियाँ सेनाले भारतीय सेनाको निर्माण कार्य रोक्ने प्रयास गरिरहेको छ ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘पछिल्लो केही वर्षदेखि भारतले दुई गलत बुझाइका कारण सीमाका मुद्दामा सख्त र’वैया अपनाउन शुरु गरेको छ । पहिलो, अमेरिकासँग बढ्दो द’बाबका बीच चीन भारतसँग सम्बन्ध बि’गार्न चाहँदैन र यस्तोमा भारतको उक्साहटको जवाफ दिने इच्छा राख्दैन ।

दोस्रो, केही व्यक्ति व्यक्तिहरुमा गलत बुझाइ रहेको छ कि भारतीय सेना चीनको सेनाभन्दा श’क्तिशाली रहेको छ । यी गलत बुझाइले भारतीय सोचलाई प्रभावित गरेको छ र भारतको नीतिमा द’बाब बढाएको छ । चीन र भारतको श’क्तिबीचको अन्तर प्रष्ट छ ।

सम्पादकीयमा चीन गालवन उपत्यकामा त’नाव कम भएको हेर्न चाहेको पनि स्पष्ट पारेको छ । ‘हामीलाई आशा छ कि भारतले लद्दाख सीमामा तैनाथ सैनिक र इन्जिनियरहरुको राम्रो प्रबन्ध गर्नेछ । साथै, दुवै सेनाका अफिसरहरु बीच भएको उच्चस्तरीय बैठकमा भएको आम सहमतिलाई पालना गर्नेछ । यदी स्थिति शान्त भयो भने दुवै पक्षलाई फाइदाजनक साबित हुनेछ । यसका लागि दुवै देशको सेनाले प्रयास गर्नुपर्नेहुन्छ ।

गालवन घाटीमा भएको झ’डपमा दुवै देशका सैनिक ह’ताहत भएको बताइए पनि चीनले आफ्नो तर्फ भएको क्ष’तिको हालसम्म आधिकारिक संख्या खुलाएको छैन । भारतले भने झ’डपमा २० जनाको मृत्यु भएको र १५ जना बे’पत्ता भएको बताएको छ । दैनिक भास्कर

Related Articles

Back to top button
Close