समाचार
असोज पाँच गते अदालत जाँदै रवि लामिछाने
चितवन- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्।रवि लामिछानेलाई पाँच लाख , युवराज कँडेललाई तीन लाख र अस्मिता काकीलाई साधारण तारिखमा रिहा गरिएको हो ।
उनीहरुलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको चितवन अदालतले जनाएको छ । चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको थियो ।अदालतको फैसलामा फरेन्सिक ल्याबका प्राविधिकलाई समेत बकपत्रका लागि बोलाउन आदेश दिईएको छ ।