Friday, February 28

पर पुरुषसँग भागेकी आमा प्रमिलालाई भेट्न प्रहरी कार्यालयमा नै पुगे छोरा छोरी (भिडियो)

January 15, 2020 2858

काठमाडौँ, माघ १ । श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्कविहिन भएकी चितवनकि एक महिला अर्कै व्यक्तिसँग भागेको अवस्थामा प्रहरीले फेला पारेको छ । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी थिइन । प्रमिलाले आफु यसअघि भीडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यसअघिनै छाडेकी हुन ।

उनका नातेदारका अनुसार मंसिर २४ गत्ते घरबाट हिडेपछि फोन गरेर आफु ति व्यक्तिसँग गएको र छोराछोरीलाई हेर्दैगर्नु भनेर भनेर बाहिरिएकी प्रमिलाले आफ्ना पति सन्तोषलाई छाडेर नेपालगन्जका सुरेश परियारसँग ३६ दिनदेखि सँगै बसेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

सन्तोष पनि ३६ दिन अगाडी साउदीबाट नै नेपाल फर्किएका हुन् । नेपाल आएर प्रमिलालाई उनकै घरमा पटक पटक गएर भेटेका सुरेशले २ सन्तानकी आमा प्रमिलालाई भगाएका हुन् । त्यस्तै सन्तोषका पनि ७ र ४ वर्षका छोराछोरी रहेको सन्तोषकी पत्निले बताएकी छिन् । घरमा साना छोराछोरी छोडेर पर पुरुष र परस्त्रीसँग गएका यि दुईलाई के कस्तो कारवाही हुन्छ त्यो भने समयले नै देखाउँला ।

अहिले भने प्रमिलाका छोरा छोरीले परपुरुषसँग भागेकी आफ्नी आमालाई हिरासतमा नै गएर भेटेका छन् । आमा हराएपछि एक पटक मात्रै आमाको मुख देख्न खोजेका प्रमिलाका १२ वर्षका छोराको आग्रहमा पत्रकार सन्तोष देउजाले उनीहरुलाई चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा नै गएर भेट्ने वातावरण मिलाएका हुन् । हेरौँ यो भिडियो

Loading...

प्रतिकृया दिनुहोस्