समाचार

प्रहरीले लामिछानेको सम्पत्ती छानबिन गर्ने

काठमाण्डौ ९ भदौ । पत्रकार सालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेर अदालतबाट पुर्पक्षकालागि ५ लाख धरौटीमा छाडिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रबी लामिछानेको सम्पत्ती छानबिन हुने भएको छ । न्युज २४ टलिभिजनमा सिधाकुरा जनतासँग कार्यक्रम चलाएर अकुत कमाएको उजुरी परेपछि सम्पत्ती शुद्धिकरणकालागि प्रहरीले लामिछानेको सम्पत्ती छानबिन गर्ने भएको हो ।

प्रहरी स्रोतका अनुसार छानबिनबाट अकुत कमाएको फेला परेमा कार्यक्रम प्रस्तोता लामिछानेमाथि अकुत कमाएको आरोपमा सम्पत्तीशुद्धिकरण बिभागमा पनि मुद्दा चल्नेछ ।

२० साउनमा चितवन नारायणगढको कंगारु होटलमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार सालिकरामले झुण्डिएर आत्महत्या गरेका थिए । मर्नु अघि उनले आफुलाई न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सचालन गर्ने रबी लामिछाने र उनका सहयोगी युवराज कँडेल लगायतले आत्महत्या गर्न बाध्यपारेको भिडियो रेकर्ड गरेर छाडेका थिए । प्रहरीले सोही भिडियोको आधारमा अनुसन्धान गरेर लामिछाने सहित तीन जनालाई नियन्त्रण लिएर अनुसन्धान थालेको थियो ।

चितवन जिल्ला अदालतका न्यायधिश हेमन्त रावलको इजलासले९ भदौमा आरोपी लामिछानेलाइ ५ लाख र उनका सहयोगी युवराज कँडेललाई ३ लाख धरौटीमा र नर्स रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा पुर्पक्षकालागि थुनामुक्त्त गर्न आदेश गरेको थियो । लामिछाने र कँडेललाई अनुमति बिना बिदेश जान बिचराधिन मुद्दाबारे संचार माध्यममा र समाजिक सञ्जालमा बोल्न पनि अदालतले रोक लगाएको छ ।

Related Articles

Back to top button
Close