समाचार

सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल लिपुलेक सिमामा जाँदै,

३ असार, काठमाडौं । सी’मा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ जाँदैछन् । भारतले नेपाली भूमि मि’चेर सडक बनाएपछि सिर्जना भएको आ’क्रोशका बीच कालापानी नजिकै छाङ्रुमा सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । र, खनाल छाङ्रुको निरीक्षणमा समेत पुग्ने जनाइएको छ ।

गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ, नयाँ स्थापना गरिएको बीओपीमा पनि पुग्नु हुनेछ ।’ यद्यपि, मौसममा स’मस्या आए सेनाको हेलिकोप्टर छाङरुसम्म जान सक्दैन । त्यसैले मौसम अनुसार खनालको भ्रमण कहाँसम्म हुन्छ भन्ने थाहा हुने एक अधिकारीले अनलाइनखबरलाई बताए ।

अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ ।

Related Articles

Back to top button
Close