समाचार

एकाबिहानै थपिए २१ जना कोरोना संक्रमित ब्यक्ति

पोखरा,असार ३- बुधबार एकाबिहानै २१ जना कोरोना संक्रमित ब्यक्ति थपिएका छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या कुल २ सय ४७ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज संक्रमणको पुष्टी भएकामध्ये पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २० पुरुष र १ महिला रहेका छन् ।

पर्वतमा थपिएका संक्रमितहरु फलेवास नगरपालिका २ पुरुष र १ महिला तथा नवलपरासी बर्दघाट सुस्ता पूर्वका हुप्सेकोट गाउँपालिका १८ देखि ३६ बर्ष उमेर समुहका १४ जना पुरुष, मध्यबिन्दु नगरपालिकाका १६ र ३० वर्षका २ पुरुष, कावासोती नगरपालिकाका ३७ बर्षीय पुरुष तथा पालिका नखुलेका २७ बर्षीय १ पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म तनहुँका ११ जना पुरुष सहित बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ६३ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ६४ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष , पर्वतका ६ बर्षीय बालकसहित २८ जना पुरुष र १ महिला , गोरखाका २३ जना पुरुष र २ महिला तथा कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close