समाचार

बाँकेमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २० पुग्यो

नेपालगञ्ज, ३ असार । बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो उनकाे नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा असार १ गते मृत्यु भएको थियाे । मृत्युपछि मात्रै स्वाव संकलन गरी काेराेना परीक्षण गरिएकाे थियाे । मंगलबार साँझ उनकाे रिपाेर्ट रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयाे ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ बाँकेमा यसअघि नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो । बाँकेमा ३ सय २३ जना संक्रमित देखिदा दुई सय सात जना डिस्चार्ज भएका छन् ।

यो पनि वीपी प्रतिष्ठानलाई स्वास्थ्य सामग्री सहयोग

सुनसरी, २ असार । स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई कोराेनाबाट सुरक्षित रहँदै काम गर्न सहज होस् भन्ने हेतुले धरानमा रहेर सामाजिक कार्य गर्दै आएका हरनाम दास बृजलाल गर्ग स्मृति प्रतिष्ठानले मास्क तथा मेडिकल चस्मा सहयोग गरेको छ ।

प्रतिष्ठानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि ५ सय पिस केएल नाइन्टी फाइभ मास्क र १ सय ५० पिस मेडिकल चस्मा सहयोग गरेको हो ।सहयोग सामग्री स्मृति प्रतिष्ठानका महासचिव पवन अग्रवालले वीपी प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गर्नुभएको थियो ।

यसअघि कोरानको संक्रमणबाट बच्न धरान उपमहानगरपालिकाका विभिन्न वडालाई स्वास्थ्य सामग्रीसहित नगद समेत सहयोग गरेको सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका प्रतिष्ठानका महासचिव अग्रवालले जानकारी दिनुभयो ।

स्थापना कालदेखि नै सामाजिक कार्य गर्दै आएको संस्थाले धरान ५ मा सञ्चालनमा रहेको आसरा सुधार केन्द्र निर्माण तथा इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हि’रासत भवनका लागि समेत आर्थिक सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।

Related Articles

Back to top button
Close