समाचार

पत्ता लाग्यो कोरोनाबाट ज्यान जोगाउने औ ’ षधि , नेपालमा ३० पैसामै पाइने

काठमाडौं। एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औ’षधिले कोरोनाभाइरसका कारण गम्भी’र बि’रामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औ’षधिलाई हालसम्म घा’तक देखिएको कोरोनाभाइरसको लडा’इँमा उल्लेख्य उपलब्धी मानिएको छ। यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृ’त्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँच मध्ये एक बिरामी जोगाउने भनिएको छ।

कोरोनाभाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औ’षधि पनि एउटा हिस्सा रहेको थियो। अनुसन्धानकर्ताहरूले यदी उक्त औ’षधि सुरू देखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्। यो औ’षधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च सङ्ख्यामा कोभिड–१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ।
पुरानो औ’षधि

मृ’त्युदर घटाउन सहयोगी हुने प्रमाणित औ’षधि नयाँ होइन र यो खासै महँगो छैन। पुरानो र सस्तो खालको स्टेरोइड हो। नेपालमा यो औ’षधि सजिलै र करिब ३० पैसामा पाइने स्वास्थ्यकर्मी बताउँछन्।
स्वास्थ्यकर्मी भन्छन्, यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन्।त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ।
डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ।
गरिब देशलाई लाभ

कोभिड–१९ को सङ्क्र’मण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घ’टाउनुलाई ठूलो उपलब्धी मानिएको छ।

सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औ’षधि दिने गरिन्छ भने कम गम्भीर बि’रामीहरूलाई च’क्कीका रूपमा दिने गरिन्छ।अहिलेसम्म यो बाहेक इबो’ला भाइरस निय’न्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड–१९ का बिरामीहरूलाई फाइदा पुर्याउने देखिएको छ।

त्यसले कोभिड-१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृ’त्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन। त्यसमाथि डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औ’षधि हो र यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो।

Related Articles

Back to top button
Close