समाचार

बंगलादेशमा एमबीबीएस गरेर फर्केका विद्यार्थी भन्छन्ः को’रोना सं’क्रमितको उपचारमा खटिन तयार छौं

काठमाडौं। को’रोना म’हामा’रीका बेला बंगलादेशमा एमबीबीएसको अध्ययन पूरा गरी स्वदेश फर्किएका नेपाली विधार्थीहरुले सरकारले चाहेमा आफूहरु नेपालमा को’रोनावि’रुद्धको ल’डाईमा खटिन तयार रहेको बताएका छन्। उनीहरुले सुरक्षाको प्रत्याभुतिसहित सरकारले आह्वान गरे आफूहरु कोभिड–१९ सं’क्रमितको उपचार गर्न तयार रहेको बताएका हुन। सरकारले को’रोना महा’मारीका कारण बंगलादेशबाट साढे ८ सय नेपाली नागरिक फर्काउँदैछ।

त्यसमध्ये साढे ६ सय मेडिकल शिक्षामा अध्ययनरत विधार्थी रहेको नेपाल मेडिकल बिधार्थी संघ, बंगलादेशका संस्थापक अध्यक्ष नवीन यादवले बताए। ‘फर्कनेमध्ये एक सय देखि डेढ सयसम्म एमबीबीएस सकेका हुनुहुन्छ। त्यसमा ४५ जना एमडी तथा एमएस गरेका हुनुहुन्छ,’ यादवले भने। गत शनिबार बंगलादेशबाट २५८ जना स्वदेश फर्किएसकेका छन। यस्तै बुधबार हुने अर्को उडानमा थप १ सय ५४ जना स्वदेश फर्कदैछन। पीसीआर परीक्षणमा नेगेटिभ देखिएकाहरुलाई मात्रै बंगलादेशबाट नेपाल फर्काएको हो। शनिबार फर्किएकाहरु अहिले १४ दिनको होम क्वारेन्टिनमा छन।

शनिबार फर्किएकामध्ये जोन श्रेष्ठ होम क्वारेन्टिन अवधि सकिएपछि चिकित्साकर्ममा फर्कने सोचमा छन। क्वारेन्टिन अवधिमा कोभिडका बारेमा अध्ययन गरिरहेको उनले बताए। यस्तो स्वास्थ्य सं’कटका बेला हामी चिकित्सकको महत्व बढी हुन्छ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘दिनप्रतिदिन सं’क्रमितहरु बढिरहेकाले नेपालमा अझै ख’तरापूर्ण अवस्था नआउला भन्न सकिन्न। यस्तै बेला काम गर्न जानुपर्छ भनेर नै क्वारेन्टिन अवधिमा म कोभिड–१९ सम्बन्धी थप अध्ययन गरिरहेको छु। परेका बेला हामी सरकारलाई साथ दिन तयार छौं।’

बंगलादेशमा एमबीबीएस सकेर फर्किएका हरेन्द्र सिंहले पनि सरकारले यो सं’कटको घडिमा आफूहरुलाई खटाउने योजना ल्याए तयार रहेको बताए। उनले सुरक्षाका उपायहरु र आधारभुत आवश्यकताहरुको व्यवस्थापन भने सरकारले मिलाउनुपर्नेमा जोड दिए। ‘सुदूरपश्चिम अहिले सबैभन्दा बढि प्रभावित क्षेत्रमा परेको छ। त्यहाँ खटाए पनि म जान तयार छु। तर सुरक्षाका साधनहरु तथा आधारभुत आवश्यकताको प्रत्याभुति हुनुपर्यो। बिना हा’तहति’यार भने यु’द्धमा जान सकिन्न,’ बझाङ घर भएका उनले भने।

बंगलादेशमा पनि सरकारले डेडिकेटेड को’रोना अस्पतालहरुमा काम गर्न चाहने चिकित्सकका लागि विशेष व्यवस्था गरेको बताउँदै उनले नेपालमा पनि को’रोनावि’रुद्ध काम गर्न चाहने चिकित्सकलाई खुला आह्वान गर्न आग्रह गरे। ‘को’भिडवि’रुद्ध खटिन चाहने चिकित्सकका लागि सरकारले एउटा खुला आह्वान गरेर बोलाओस,’ सिंहले भने, ‘यसरी आएकाहरुलाई आफ्ना मातहतमा राखी सरकारले विभिन्न प्रदेश लगायत आवश्यकता परेका स्थानमा खटाउन सक्छ।’

एमबीबीएससँगै इन्टर्नसिप पनि पुरा गरेर शनिबार नेपाल फर्किएकी अनु गुरुङको पनि कोभिड संकटका बेला आफूहरु सेवा दिन तयार रहेको बताइन। तर, त्यसका लागि पर्याप्त उपकरण र सुरक्षाको प्रत्याभुति हुनुपर्नेमा उनले जोड दिइन।

Related Articles

Back to top button
Close