अन्तर्राष्ट्रिय समाचार

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ रिलिज गरिदै

काठमाडौ, असार २- बलिउड अभिनेता सुशान्त सिंह राजपुतको चलचित्र ‘दिल बेचारा मा अब रिलिज गरिने भएको छ । उनले अभिनय गरेको यो चलचित्र लकडाउनका कारण प्रर्दशन मिति रोकिएको थियो अबर भने यो चलचित्र ओटीटीमा रिलिज गरिने भारतिय मिडियाले जनाएको छ ।

आइतबार आफ्नै निबासमा आत्महत्या गरेका राजपुतले के कारणले आत्महत्या गरे भन्ने बारे खुलेको छैन् । उनले यो चलचित्रमा अभिनय गर्ने त गरे तर रिलिज हुन पाएन अब भने ओटीटीमा रिलिज गरिने भएको छ ।

केश छाबडाको निर्देश रहेको चलचित्र ‘दिल बेचारामा सुशान्त सिंह राजपुत का अवला संजना सांघी सैफ अलि खानको भूमिका रहेको छ । सुशान्तको अन्तिम फिल्ममा सँगै अभिनय गरेकी अभिनेत्री संजना संघीले रुदै उनको आत्माको शान्तिको कामना गरेकी छिन् ।

Related Articles

Back to top button
Close