समाचार

रवि लामिछाने लगायत ३ जनालाई रिहा गर्ने न्यायाधीशको सम्मानमा सर्वत्र तस्वीर सेयर हुन थाल्यो

काठमाडौ । अहिले सामाजिक सञ्जालमा चर्चित सञ्चारकर्मी रवि लामिछाने रिहा भएको खुशी भन्दा पनि सर्वसाधारणहरुका फरक खालको हर्ष देख्नमा आएको छ । वर्षौ देखि जनताको मन जित्दै आएको नेपाललको न्यायलयले सकारात्मक फैसला सुनाएको छ । सम्पुर्ण किसिमबाट हार खाएका जनता न्यायका लागि लडाई लड्दै थिए ।रवि मात्रै थिएनन्, युवराज कँडेल, अस्मिता कार्की पनि यो भिडमा थिए । अहिले सामाजिक सञ्जालमा उनको समर्थनमा जुटेकाहरुको पक्षमा फैसला गर्नुभएका श्रीमान हेमन्त रावल, हजुरको सम्मानका लागि कुनै शब्द म सँग छैन भन्दै रवि समर्थकहरुले जिल्ला न्यायधीश रावलको तारिफ सुरु गरेका छन् ।

देशमा न्याय मरेको छैन, भन्ने यो गत्तिलो उदाहारण हो भन्दै सेयर भइरहेका छन् ।कतिपयले त के सम्म भनेका छन् भने, देशको सिंगो सरकार, प्रशासन सबैले ५ वर्ष जेल हाल्ने गरि तयारी थालेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम बन्द गराउनेसम्मको तयारी थियो तर अब त्यो सम्भव नहुने भयो । आज पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण आत्मह,त्या गर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

Related Articles

Back to top button
Close