समाचार

रौतहटमा १ सय ९ जनाले कोरोनालाई जितेर खुशी हुँदै घर फर्किए

रौतहट-रौतहटमा कोरोना संक्रमण जितेर थप ७ जना घर फर्किएका छन् । गढीमाई नगरपालिकाका पाँचजना र गुजरा नगरपालिकाका दुईजना गरी सात जनामा पछिल्लो पीसीआर रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

योसँगै कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा १ सय ९ पुगेको छ । डिस्चार्ज भएकाहरुलाई अबिर र माला लगाएर बधाई दिदैँ बिदा गरिएको हो । कोरोनामुक्त भएकाहरुलाई लिन सम्बन्धित पालिकाका प्रतिनिधिहरु आफै पुगेका थिए ।

कोरोना संक्रमितहरुलाई उपचार र निगरानी पश्चात निको पारेर घर पठाउन पाउँदा निकै खुसी लागेको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए ।

Related Articles

Back to top button
Close