अन्तर्राष्ट्रिय समाचार

चिनियाँ र भारतीय सेनाबीच झ’डप, भारतका एक सैन्य अधिकारी र दुई जवानको मृत्यु

एजेन्सी । केही महिना देखि विवाद जारी रहेको चीन र भारतबीच सीमा लद्दाकमा फेरी भि डन्त भएको छ । भि डन्तका क्रममा भारत तर्फका एक सैन्य अधिकारी सहित ३ जनाको निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । केही दिन अघि दुवै तर्फका सेना अधिकारीहरुबीच सो क्षेत्रको सिमा विवादका विषयमा वार्ता भएको थियो । वार्ता सकारात्मक भएको प्रतिकृया आएको केही दिनमै फेरी झ डप भएको हो । भारतका १ सैन्य अधिकारी र दुई सैनिक जवानको झ डपमा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लद्दाकमा भारत र चिनका सेनाबीच पटक पटक झ डप जारी छ । लद्दाखको गलवान वैली भन्ने स्थानमा पछिल्लो पटक भएको झ डपमा ३ जनाको ज्यान गएको हो । भारतीय सञ्चार माध्यमले सो कुराको पुष्टि गर्दै समाचार प्रकाशन गरेका छन् । बीबीसीले जनाए अनुसार सोमबार राति गलवान उपत्यका क्षेत्रमा दुबै देशका सेनाबीच भीषण संघर्ष भएको हो । भारतीय पक्षले चिन तर्फ पनि ठूलो क्षती भएको छ । तर यस विषयमा चिनको तर्फवाट कुनै प्रतिकृया सार्वजनिक भएको छैन ।

भारतीय सैन्य मुख्यालयक अनुसार अहिले दुबै देशका वरिष्ठ सैन्य अधिकारी समस्या सुल्झाउन घटना भएको स्थानमा नै बैठक बसिरहेका छन् । गलवान क्षेत्र चीन र भारतबीचको लद्दाखको सीमा रेखामा अवस्थित स्थान हो । लामो समय देखि जारी विवाद सुल्झाउन भारत र चीनका सुरक्षा अधिकारीबीच दुई साता अघि वार्ता भएको थियो । वार्ता सकारात्मक रहेको भन्दै दुवै तर्फका अधिकारीले समस्या समाधान दुई देशले गर्ने जनाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका चिन र भारत यो समस्याको समाधान गर्न आफुहरु सक्षम रहेको प्रतिकृया दिएका थिए ।

Related Articles

Back to top button
Close