मनोरंजन

४८ बर्ष लाग्दा पनि उतिकै जवान र सुन्दरी छिन् अभिनेत्री निरुता सिंह

काठमाडौ, असार २- चलचित्र दक्षिणा बाट डेब्यु गरेकी चर्चित नायिका हुन् निरुता सिंह । उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको दार्जीलिङमा भएको हो । उनले पहिलो चलचित्र १९९३ मा तुलसी घिमिरेको निर्देशन रहेको दक्षिणा बाट धेरै फ्यान कमाउन सफल भएकी हुन् ।

दर्जनौ चलचित्रमा अभिनय गरेकी उनि चलचित्रका अवला म्युजिक भिडियोमा पनि उतिकै सकिंय रहेकी छिन् । पछिल्लो समय २०७६ बैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी देखा परेकी उनि केहि समय पहिला इन्डियन आइडलमा पुगेकी थिइन् । इन्डियन आइडलमा पुगेका तस्विर सामाजिक संजालमा भाइल भएका थिए । लकडाउनको समयमा घर मानै समय बिताएकी निरुताले अन्य चलचित्रमा खेल्ने चाहाने बताएकी छिन् ।

एक भिडियो अन्तर्वार्तामा बोल्दै उनले, आफ्नो उमेर र समय सुहाउँदो तथा सशक्त फिल्मको अफर आयो भने खेल्ने चाहना व्यक्त गरेकी हुन् । उमेरले ४८ बर्ष लाग्दापनि उतिकै जवान देखिने उनले हालै सामजिक संजालमा तस्विर शेयर गरेकी छिन् । जुन तस्विरमा उनि निकै सुन्दरी देखिएकी छिन् ।

Related Articles

Back to top button
Close