समाचार

३६ एसपीको सरुवा, १६ जिल्ला प्रहरी प्रमुख फेरिए, को-कहाँ?

काठमाण्डौँ, २ असार । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्।

कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन्। भक्तपुरमा तारादेवी थापा, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नवीनराज राई, उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन्।

त्यस्तै, पाल्पामा दीपकराज खरेल, पुर्वी नवलपरासीमा दीपक रेग्मी, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, बाँकेमा ओमबहादुर राणा, धनकुटामा गोविन्द अधिकारी र डोटीमा डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन्।

Related Articles

Back to top button
Close