समाचार

अमेरिकी दूतावासले प्रयोग गर्‍यो लिम्पियाधुरासहितको नेपालको नक्सा

काठमाडौं- अमेरिकी राजदूतावासले नेपालकाे नयाँ भूभाग समेटिएकाे नक्सा प्रयाेगमा ल्याएकाे छ। सामाजिक सञ्जाल फेसबुमा एक पोस्ट गर्दा दूतावासले नेपालको आधिकारिक नक्सा प्रयोग गरेको हो। हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा भर्खरैमात्र प्रतिनिधिसभाले पारित गरेकाे छ। सरकारले पनि आफ्नाे आधिकारिक प्रयाेगका लागि नयाँ भूभाग समावेश भएकाे राजनीतिक नक्सा सार्वजिनक गरेकाे थियाे। सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि नेपालमा रहेकाे अमेरिकी दूतावासले यसकाे प्रयाेग हाे।

अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास हो। सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राजदूतावसको ४३ लाख भन्दा बढी फ्यानहरु रहेका छन् ।अमेरिकी राजदूतावासको यो कदमलाई मानिसहरुले २ प्रकारले हेरिरहेका छन् ।केही व्यक्तिहरु उसको यो कदमलाई खुशीका साथ स्विकार गरेर धन्यवाद व्यक्त गरिरहेका छन् भने केही व्यक्तिहरुले अमेरिकाले आम नेपालीको मन जित्न खोजेको आरोप लगाइरहेका छन् ।

Related Articles

Back to top button
Close