अन्तर्राष्ट्रिय समाचार

सुशान्तसिंहको अन्तिम दाहसंस्कारः बुवा र बहिनीहरुले दिए दागबत्ती

एजेन्सी। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम दा’हसंस्कार गरिएको छ । सोमबार मुम्बईको विले पार्ले घाटमा उनको अन्तिम दा’हसंस्कार गरिएको हो । उनलाई बुवा केके सिंह र बहिनीहरुले दागब’त्ति दिएका थिए।

उनको अन्तिम दा’हसंस्कार क्रममा बलिउड अभिनेत्रीहरु कृति सैनन, श्रद्धा कपुर र अभिनेता राजकुमार राव, सुनिल शेट्टी, विवेक ओराँय वरुण शर्मा, अर्जुन बिजलानी र अन्य धेरै कलाकारहरुको उपस्थिति थियो । अन्तिम संस्कारमा २५ जना सहभागी भएका थिए। सुशान्तको अस्तुलाई परिवारले पटना लगेर गंगामा विसर्जन गर्ने भएका छन्।

पो’ष्टमा’र्टमपछि सुशान्तको श’व कुपर अस्पतालमा राखिएको थियो । सोही अस्पतालबाट श’वयात्रा गरिएको थियो । यद्यपि,परिवारले अन्तिम दा’हसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना म’हामा’रीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए । सुशान्तको मृ’त शरीरको कोरोना परीक्षण समेत गरिएको थियो । परीक्षणको नतिजा नेगेटिभ आएको छ।

Related Articles

Back to top button
Close