समाचार

माइतिघरको प्र’दर्शनमा सहभागी भएका विदेशीलाई २ बर्ष नेपाल प्रवेश गर्न नि’षेध !

काठमाडौं । सरकारवि’रूद्धको प्र’दर्शनमा शनिवार माइतिघरमा सहभागि भएका ५ विदेशीलाई निकाला गरिने भएको । शनिवार माइतिघरमा प्र’दर्शनका क्रममा सहभागी भएका ६ जना विदेशीलाई प’क्राउ गरिएको थियो। उनीहरुमध्ये १ नर्वेजियन महिलाले नेपाली केटासँग विवाह गरेकाले उनी बाहेक अन्यका लागि २ बर्ष प्रवेश नि’षेध गरिन लागेको हो। उनीहरुलाई उडान खुलेपछि निकाला गरिने र दुई वर्षसम्म नेपाल प्रवेश गर्न नि’षेध गरिने अध्यागमन विभागले जनाएको छ।

प’क्राउ पर्नेमा तीन चिनियाँ नागरिक, एक नर्वेजियन, एक अमेरिकी र एक अष्ट्रेलियन नागरिक रहेका छन्। प’क्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदलाई ५ हजार ज’रिवानामात्रै गराइएको छ । बाँकी ५ जनामध्ये तीन चिनियाँ र एक अमेरिकी नागरिकलाई १० हजार ज’रिवाना र २ वर्ष नेपाल प्रवेशमा रोक लगाइएको छ । अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २ वर्ष नेपाल प्रवेश गर्न रोक लगाउनुका साथै २० हजार रुपैयाँ ज’रिवाना गरिएको छ ।

विदेशी नागरिकलाई नेपालमा कुनै पनि किसिमको राजनीतिक अधिकार छैन।

Related Articles

Back to top button
Close