अन्तर्राष्ट्रिय समाचार

पानीमा रुझ्दै सुशान्तको बिदाई गर्न आइपुगे बलिउड सेलिब्रेटी …

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम बिदाईको तयारी भइरहेको छ ।मुम्बइमा यतिबेला पानी परिरहेको छ ।
आफ्नो साथीलाई अन्तिम बिदाई गर्न र उनको परिवारलाई सान्तवना दिन बलिउडका सेलिब्रेटीहरु उनको घर ब्रान्द्रा अपार्टमेन्टमा आइपुगेका छन् ।

उनको फिल्म ‘छिचोरे’मा उनले आ त्मह त्या गर्नु हुदैन भनेर सन्देश दिएका थिए ।

अभिनेत्री कंगना रनावतले सुशान्तको निधनमा प्रश्न उठाएकी छिन् ।

इन्टाग्राममा एक भिडियो जारी गर्दै उनले सुशान्तको निधनप्रति प्रश्न उठाएकी हुन् ।

इन्टाग्राममा लाईभमा आएर उनले भनिन्, “धेरै मिडिया तथा चलचित्रकर्मीले मानसिक स्वास्थलाई लिएर बिचरा भनेको पाए ।
तर के उनीहरुले उ जिउँदो छदाँ उस्को महत्व बुझ्ने कोशिस गरे”

यो सु साइड हो वा प्ला न म र्डर ? उनले भनिन् । सुशान्तसँग नजिक रहेकी कंगनाले उस्लाई म र्न बाध्य पारिएको बताउँदै बलिउडकर्मी माथि कडा आक्रोश व्यक्त्त गरेकी छिन् ।
बाचुँञ्जेल कहिल्यै उस्को कामको प्रशंशा गरेउ ? उस्लाई कहिले अघि बढ्न प्रेरित गर्यौं ?

फिल्मी दुनिँया भन्दा बाहिरको परिवारबाट आएर उसले गरेको संघर्षको बारेमा कसैले सकरात्मक रुपमा लेख्यौं ?

परिवारबादलाई मात्र बलिउड देख्ने कलाकारले अहिले मेन्टल हेल्थ भन्दै सहानुभुति दिएको फिटिक्कै सुहाएन ।

Related Articles

Back to top button
Close