समाचार

क्वारेन्टिनमा ब’लात्का’रको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमतामा कालो पोतियो : काँग्रेस

काठमाडौं। नेपाली काँग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको सामूहिक ब’लात्का’रको घट’ना नि’न्दनीय र गम्भी’र भएको बताएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गरी घट’नामा जो कोही सामेल भए पनि बिना कुनै मोलाहिजा कडा कारबाही गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘कैलालीको घट’नामा दो’षीलाई कानूनी कारबाही सँगसँगै क्वारेन्टिनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ। मापद’ण्ड विपरीतका अव्यवस्थित क्वारेन्टिनहरु कोरोना सं’क्रमण विस्तारको केन्द्र बन्दै गएका छन्।’ अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेको शर्माले बताए। क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको उनले बताए।

क्वारेन्टिनमा ब’लात्का’रसम्मको घट’नाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको विज्ञप्तिमा उल्लेख छ। ‘हामीसँग ३ तहका सरकार छन् तर क्वारेन्टिनमा एउटा चेलीको रक्षा गर्न असमर्थ बन्छन् भने यो भन्दा लज्जास्पद घट’ना अर्को के हुनसक्छ ? क्वारेन्टिनको व्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घट’नामा गाँसिन्छ कि गाँसिन्न ?,’शर्माको प्रश्न छ।

ब’ला’त्का’रमा सामेललाई कानूनी कारबाहीसँग घट’नाको गम्भी’र समीक्षा गरेर राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेहरुलाई दो’षको मात्रा अनुरुपको विविध कारबाही गर्न काँग्रेसले माग गरेको छ। क्वारेन्टिनका बेथितिहरु समेत विरुद्ध दबाब दिन काँग्रेसले भोलि असार २ गते स्वदेश र बिदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको शर्माले स्मरण पनि गराए।

Related Articles

Back to top button
Close