समाचार

काठमाडौंमा ५ जना कोरोना संक्रमित थपिए

१ असार, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
सोमबार ४ सय ५१ जनामा कोरोना संक्रमण पृष्टि
सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

अहिलेसम्म १ लाख ३८ हजार ६ सय ८३ जनामा पीसीआर विधिबाट परिक्षण गरिएको छ ।

कोरोना भाइरसबाट नेपाला १९ जनाको निधन भएको छ भने ५ हजार १ सय ५१ जना सङ्क्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

Related Articles

Back to top button
Close