समाचार

‘क्वारेन्टिनमा बस्नुपर्छ भने म’र्छु’ भन्दै भिरवाट हामफालेका युवाको मृ’त्यु

पोखरा, १ असार । क्वारेन्टिनमा राख्न बसमा लैजादै गर्दा भिरवाट हामफालेका युवकको उपचारका क्रममा निधन भएको छ । भारतीय सिमानावाट उद्दार गरेर क्वारेन्टिनमा राख्न लैजादै गर्दा बाग्लुङका एक जना युवकले भीरवाट हामफालेका थिए । ग’म्भिर अवस्थाा अस्पताल लगिएका उनको उपचारका क्रममा निधन भएको हो । भारतबाट आएका ती युवकलाई बसमा क्वारेन्टिन तर्फ लैजादै गर्दा बाटोमा भएको जाममा बस रोकेको बेलाा उनी भीरमा गएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीका अनुसार उक्त घटनालगत्तै प्रहरी गएर ती युवाको उद्धार गरेको थियो ।

जिल्ला अस्पताल बाग्लुङमा लगिएका उनको अवस्था ग’म्भिर रहेको र त्यहाँ उपचार सम्भव नभएको भन्दै अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रेफर गरेको थियो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएपछि उनलाई मृ’त घोषणा गरेको डिएसपी अधिकारीले बताएका छन् ।

भारतबाट सुनौली हुँदै नेपाल फर्किएका उनलाई सोमवार विहान उद्दार गरेर क्वारेन्टिन तर्फ लगिदै थियो । सोमबार बिहान पर्वतको चुवा पुग्दा क्वारेनटिनमा बस्नुभन्दा म’र्छु भन्दै भीरबाट हाम फालेका थिए । बस रोकिएको अवस्थामा भीरबाट ६० मिटर तल पुगेका उनलाई प्रहरीले उद्दार गरेको थियो । उनको टाउकोमा ग’म्भिर चोट लागेको थियो । उनको शव अस्पतालले पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी गरेको जनाएको छ।

Related Articles

Back to top button
Close