समाचार

काठमान्डौ र ललितपुरमा पनि कोरोना संक्रमित

काठमान्डौ । सोमबार काठमाडौं उपत्यकाका ५ जना सहित देशभर थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिला सहित थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको उनले बताए । प्रबक्ता देवकोटाका अनुसार पछिलो २४ घन्टामा ६७ जना कोरोना जितेर घर फर्किएको उनले बताए ।आज सम्म कोरोनालाई जित्ने १०४१ जना रहेका छन ।

आज कोरोना पुष्टि भएकाहरु दैलेख , सुर्खेत , रोल्पा , काठमान्डौ , कैलाली , रौतहट , धादीङ्ग , ललितपुर , बारा , गुल्मी ,पाल्पा , रुपन्देही , सर्लाही , मोरङ , पर्सा , रौतहट , तनहु , अछाम , कैलाली , डोटी , बाके , बर्दिया , प्युठान , महोत्तरी , धनुषा , नुवाकोट , अर्घाखाची , चितवन , गुल्मी , सुनसरी , झापाका छन् ।

Related Articles

Back to top button
Close