समाचार

रवि लामिछाने र अनिल ढुंगेलको बयान बाझियो !

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी दु*रुत्साहन अ*भियोगमा अ*नुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का टिभी प्रस्तोता रवि लामिछाने र सोही संस्थामा कार्यरत क्यामराम्यान अनिल ढुंगेलको ब*यान बाझिएको छ । प्रहरीसँगको ब*यानमा रविले शालिकरामकी प्रेमिका भनिएकी अस्मितालाई नचिनेको बताएका छन् । रविले ब*यानमा ‘रुकु’ भन्ने अस्मितालाई चितवनको थु*नुवा कक्षमा मात्रै चिनेको बताएका हुन् ।रविले आ*त्मह*त्याको दुई÷तीन दिनअघि अस्मिता न्युज २४ को कार्यालयमा आएको र क्यामराम्यान अनिल ढुंगेललाई भेटेर आफ्नो स*मस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।

यता ढुंगेलले बयानको क्रममा रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बताएका छन् । शालिकलाई ‘तिमी न्यूज२४ गएको कुरा थाहा हुने र फलो गर्न छो*ड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको उनले ब*यानमा बताएका छन् । पछि पनि अस्मिताले मलाई १–२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान समेत आग्रह गरेको उनले बताएका छन् । ब*यानमा उनले शालिकरामले आ*त्मह*त्या गरेको भोलिपल्ट २ः३० बजे दीपक बोहरा र रवि आफै अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताएका छन् ।

यता, अस्मिताले पनि घ*टनापछि आफूलाई न्यूज२४ बाट भिडियो बाइट दिनका लागि पटक–पटक फोन आउने गरेको बताएकी छिन् ।बयानमा अस्मिताले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्ने क्याम्याराम्यान अनिल ढुंगेललाई भेटि शालिकरामले दुःख दिएको घटनाबारे जानकारी गराएको भनेकी छन् । सो क्रममा अनिललाई अस्मिताले रवि लामिछानेसमेतलाई यो कुरा जानकारी गराइदिन भनेको र शालिकरामसँग भएका म्यासेजका केही स्क्रिनसटहरु समेत अनिललाई दिएको उल्लेख गरेकी छिन् ।

‘सो विषयमा निज अनिल ढुंगेलले प्र*तिवादी रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको भनेका थिए, मृ*तकसँग सम्ब*न्ध बि*ग्रपछि मैले अनिल ढुंगेललाई शालिकराम र मेरोबीचको मेसेज तथा अन्य कुराकानी सेयर गरिदिएकी थिएँ र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रवि लामिछानेले सो सम्बन्धमा सल्लाह गरी पुडासैनी ह*तोत्साहित हुने किसिमले केही कुरा भनेको या गरेको हुनपर्छ’ अस्मिताको ब*यानमा आधारित अभियोगपत्रको पृष्ठ नम्बर १३ मा भनिएको छ । अस्मिताले सोही कारणबाटै शालिकरामले आ*त्मह*त्या गरेको हुनुपर्छ भन्ने ब*यान दिएकाले उनको कारणबाट समेत आ*त्मह*त्या गर्नुपर्ने परिस्थिति सिर्जना भएको दा*बी गरिएको छ ।

Related Articles

Back to top button
Close