समाचार

नेपालको बारेमा धावा बोल्ने सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट निष्कासित गरिदै

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीले कारवाही गर्ने निश्चित भएको छ । उनी नेपाल भारत सिमाको विषयलाई लिएर विवादमा आएकी थिइन् । उनले कालापानी, लिम्पियाधुरा लगायतको जमिन नेपालको हो भन्ने कुनै प्रमाण नभएको र आफुले त्यो कुरा स्वीकार नगर्ने अभिब्यक्ति दिएकी थिइन् । सो विषयले उनी विवादित भएकी हुन् । सरकारले लिम्पियाधुारा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्ने संविधानको संसोधनको प्रस्तावको विपक्षमा मतदान गर्न संसद सविालयमा निवेदन दिएकी थिइन् ।

सो निवेदन सभामुखले खारेज गरिदिएपछि उनी संसद नै छोडेर हिडेकी थिइन् । पार्टीको अनुमति विपरित संविधान संसोधनको विपक्षमा निवेदन दर्ता गराएको भन्दै उनलाई पार्टीले स्पष्टिकरण समेत सोधेको छ । उनले पार्टीको निर्देशन नटेरेपछि पार्टी र सांसद दुवै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लङ्घ‍न गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले बताएका छन् ।

पार्टी नेताहरू उपेन्द्र यादव विराटनगरमा र डा। बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्बनको जानकरी संसदलाई गराइने स्रोतले बताएको छ । संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्बन हुने प्रावधान छ। समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिक तर्फकी सांसद हुन् । नेपाली कांग्रेसबाट राजनीति थालेकी गिरी कुनै समय सद्भावना पार्टी (आनन्दीदेवी) हुँदै विभिन्न पार्टीमा राजनीति गरेकी नेता हुन् ।

Related Articles

Back to top button
Close